बढ्दै जानकीमा कोरोना संक्रमित

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा एकजना कोरोना संक्रमित थपिएका छन् । यसअघि जानकीमा एकैपटक ४० जनामा कोरोना देखिएको थियो ।

भेरी अस्पताल, नेपालगञ्जले सोमबार सार्वजनिक गरे अनुसार, जानकी गाउँपालिका वडा नं. ४ का २१ वर्षीय युवामा कोरोना देखिएको हो । भेरीमा जाँच गरिएको बर्दिया जिल्लाका १८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै बासगढ़ी नगरपालिकामा थप ९ जनामा कोरोना देखिएको छ । वडा नं. २ मा चार जना, ६ नम्बरमा दुई जना, वडा नं. ५, ७ र ९ नम्बरमा एक÷एक जना रहेका छन् । ठाकुरबाबामा तीन जनामा कोरोना देखिएको छ । वडा नं. ३ मा दुई जना र ४ नम्बर वडामा एकजनामा कोरोना देखिएको छ । मधुवनमा चार जनामा कोरोना देखिएको छ ।

वडा नं. ४ मा तीन जना र ९ नम्बर वडामा एकजनामा कोरोना देखिएको छ । बारबर्दियामा दुई जनामा कोरोना देखिएको छ । उनीहरु दुवै जना वडा नं. ७ का हुन् ।

प्रतिक्रिया