एक बोरा मलका लागी युद्ध लड्दै किसान (फोटो कथा)

फोटो : बिबेक मल्ल

बाँके : जानकी गाउँपालिका वडा नम्बर ६ का जाबिर साई ६ दिन देखि खजुराको सहकारी पुग्दै फर्किदै गर्छन् । खेतीपातीको काम गर्ने उनलाई लकडाउन र कोरोना भन्दा खेतिपातीकै चिन्ता छ ।

६ दिन देखि उनी दैनिक मलको लागी लाइनमा छन् । कहिले भोलि पाउने आशामा घर फर्किन्छन त कहिले मन नपाएको रिसमा । तर पनि उनको अगाडी अर्को बिकल्प छैन अनि फेरि सहकारीमै पुग्छन् मल पाउने आशामा । खेतिको सिजन छ । मल बिना कृषि कर्म अधुरो नै छ । अनि बाध्यता बन्छ भिडभाड छिचोल्दै मलको लागि घम्साघम्सी गर्न ।

बर्ष भरी खाने अन्न र परिवार पाल्न उनको तेहि खेतिकै भर हो । खेती भन्दा अर्को आम्दानिको स्रोत नभएका उनका लागी अहिलेको सबैभन्दा ठूलो चिन्ता नै मल नपाउनु हो । खजुरा स्थित सहकारीमा भेटिएका जाबिर जस्तै खजुरा गाउँपालिका वडा नम्बर ७ का नजारी खान पनि मल नपाउदा आजित बनेका छन् ।

कोरोना कहरकै बिच सामाजिक दुरि उलंघन गरेरै भएपनी एक बोरा मलको लागि युद्ध लड्नु परेको बताउछन् , -‘बाध्यता छ, खेतिको सिजन छ अब मल भएन भने त बरबाद हुन्छ तर यहाँ कहिले मल व्ह्हैन भन्छन् कहिले भोलि आउन भन्छन् हाम्रो दुख कस्ले सुन्ने ?’ मल नपाउनु र मलका लागी देखिने भिड खजुराको मात्रै होइन यता नेपालगन्जको जिल्ला सहकारी संघ कार्यालय अगाडी पनि बिहानैदेखि उस्तै भिड थियो । नत समाजिक दुरि कायम थियो नत कोरोनाको त्रास नै ।

किसानलाई मलकै चिन्ताले सताएको बताउछन् – नेपालगन्ज वडा नम्बर २० का कमलेश कुमार । मलको लागि बिहानै देखि यहि छु , बडा मुस्किलले एक बोराको कुपन प्राप्त गरे भिड बाट हुत्तिदै बाहिर निस्किएका कमलेशले बताए ।

तर एक बोरा मलले आफुलाई कसैगरी नपुग्ने उनको जिकिर छ । कोरोना भाइरस र त्यसपछि सरकारले आव्हान गरेको लकडाउनले गरिब तथा काम गरि खानेको दैनिक जीवन तहसनहस पारेको अवस्थामा सरकारले मल तथा बिउको सहज उपलब्ध गराउन नसक्दा कृषि क्षेत्रमा निर्भर रहेका किसानको हबिगती समेत दयनिय हुने जानकारहरु बताउदै आएका छन् तर पनि मल प्राप्तिको लागी लड्नु पर्ने युद्ध किसानको लागी सहज भने छैन ।

मलका लागि खजुरा तथा नेपालगंजमा देखिएका दृश्य

फोटो : बिबेक मल्ल
फोटो : बिबेक मल्ल
फोटो : बिबेक मल्ल

प्रतिक्रिया