लक्ष्मी लघुवित्त डुडुवा शाखाद्वारा प्रकोप व्यवस्थापन कोषमा सहयोग

नेपालगन्ज : लक्ष्मी बैंकको सहायक कम्पनी रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कम्दी बाँकेले डडुवा गाउँपालिका प्रकोप व्यवस्थापन कोष खातामा जम्मा हुने गरी १० हजार सहयोग गरेको छ ।


संस्थाको सामाजिक उत्तदायित्व बहन गर्ने उद्देश्यले कोरोना राहत तथा क्वारेन्टाइन व्यवस्थापनको लागि आर्थिक सहयोग गरेको हो ।
डडुवा गाउँपालिकाका उप – प्रमुख सहिदा बानो लाई सस्थाका शाखा प्रबन्धक सुमन रानाले चेक हस्तान्तरण गरेका थिए ।


लघुवित्त वित्तीय संस्था खजुरा शाखाले हिजो खजुरा गाउँ पालिकालाई १५ हजार आर्थिक सहयोग गरिसकेको छ । लघुवित्त वित्तीय संस्था केन्द्रिय कार्यलयले सात वटा प्रदेशमा २/२ लाख गरि १४ लाख सहयोग गरिसकेको जनाएकाे छ ।

देशभरी रहेको ७२ वटा शाखा मार्फत स्थानीय सरकारलाई कुल ७ लाख सहयोग गरेको लघुवित्त वित्तीय संस्थाका डुडुवा शाखा प्रबन्धक रानाले जानकारी दिए । रानाले आगामी असार मसान्तसम्म ब्याजदर घटेकाे हुँदा जति सकिन्छ किस्ता जम्मा गर्न आग्रह गरेका छ्न ।

प्रतिक्रिया