अन्तरजातीय प्रेममा आधारित राजेश र मनिषाको सर्ट मुभी “अन्धो समाज” सार्वजनिक

नेपालगन्ज : अहिलेको एक्काइसौं शताब्दीमा आइपुग्दा पनि हाम्रो नेपाली समाजमा जातिय भेदभाव कायमै रहेको छ भन्दा फरक नपर्ला। यसको ज्वलन्त उदाहरण हो केही हप्ता अगाडी रुकुमको सोती गाउँमा घटेको घटना।

जसका कारण अन्तरजातीय प्रेम गरेकै भएर जाजरकोटका नवराज बिकसहित ६ जनाले ज्यान गुमाउनु पर्‍यो। परापुर्व कालदेखि नै चलिआएको यो कुसंस्कारले समाजमा नराम्रो असर पारेको छ।

यसैबीच, अन्तरजातीय प्रेम सम्बन्धमा आधारित सर्ट मुभी “अन्धो समाज” सार्वजनिक भएको छ। कलाकार मनिषा पोखरेल अभिनित उक्त सर्ट मुभी सोमबार युटुबमा सार्वजनिक गरिएको हो।

अन्तरजातीय प्रेम सम्बन्धमा हुँदा आउने उतारचढाव सर्ट मुभीमा देखाइएको छ। भिडियोमा कलाकार मनिषासंगै राजेश कुमारको पनि अभिनय रहेको छ। उक्त भिडियोमा कथा तथा निर्देशन मनिषाकै रहेको छ । भिडियोलाई मतिलाल पोखरेलले खिचेका हुन भने राजेश कुमारले सम्पादन गरेका हुन् । हेर्नुस भिडियो…

प्रतिक्रिया