नेपालगन्ज :

ललित रौनियारको अगुवाईमा साझा प्रजातान्त्रिक उद्योगि व्यवसायी समुहको उम्मेदवारी घोषणा गरिएको छ ।
आसन्न नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनको लागी अध्यक्ष पदको उम्मेदवारी ललित रौनियार, उपाध्यक्षमा टपेन्द्र शाह र वाणिज्य उपाध्यक्षमा अमित बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै ,साझा प्रजातान्त्रिक उद्योग व्यवसायी समूह अन्तरगत सदस्यमा अजय कुमार टण्डन , सुनिल सिंघल , विन्दु चर्ती मगर , टंक प्रसाद शर्मा , टेक बहादुर खड्का , मख्खन बहादुर धामी , तेज नारायण कंडेल , बदरुद्दिन अन्सारी , विष्णु प्रसाद श्रेष्ठ , दिपेन्द्र राज श्रेष्ठ , सन्तोष कुमार वैश्य र सुरेन्द्र सिंह सरदारले उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पदको उमेदवार रहेका ललित रौनियारले आर्थिक बिकासको लागि उद्योग बाणिज्य संघ पहल गर्ने कुरामा आफुले त्यसको लागि पहल गर्ने र सबै उद्योगी व्यवसायीहरुलाई मिलाएर लैजाने र उद्योगी र व्यवसायीहरुको हकहितको लागि आफू लड्ने कुरा बताउनुभयो ।










