विदेशबाट फर्किएकाहरुका लागी कोभिड १९ विषेश कृषि कार्यक्रम


खगेन्द्र दाहाल, नेपालगन्ज:
प्रदेश ५सरकार, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्धारा बाँके बर्दिया जिल्लाका लागी विदेशबाट फर्किएका युवा र व्यवसायि उन्मुख कृषकहरुका लागी कोभिड १९ विषेश कृषि कार्यक्रम सन्चालनमा ल्याएको छ ।

बगुर, च्याउ,मौरिपालन, तरकारी, बाख्रापालन र कुखुरा पालनमा प्रदेश सरकारको तर्फबाट ७५ प्रतिशत अनुदान रहने गरि २० हजार बराबर १ जनालाई सहयोग उपलव्ध गराउने उदेश्यका साथ कोभिड १९ विषेश कृषि कार्यक्रम ल्याइएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बाँकेका प्रमुख तथा वरिष्ठ मत्स्य विकास अधिकृत कमला अधिकारीले जानकारी दिइन ।

त्यस्तै उत्पादन र उत्पादकत्व वृद्धिका लागी विउ उत्पादन कार्यक्रममा कृषक समुह सहकारी, समितिलाई प्रतिकट्ठा १ हजारका दरले सरकारले उपलव्ध गराउने कार्यक्रम रहेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बाँकेका प्रमुख अधिकारीले बताइन । यस सम्बन्धि सबै स्थानिय तहहरुमा सुचना प्रकाशित भैसकेको र सोहि अनुसार सेवा लिनहुन समेत प्रमुख अधिकारीले अनुरोध गरेकि छन ।

साथै दुग्ध उत्पादक कृषकलाई राहत अनुदान कार्यक्रम अन्तरगत दुग्ध कारोबार गर्ने सहकारी सस्था मार्फत प्रति लिटर १० रुपैया अनुदान दिने गरि कार्यालयले प्रस्ताव आव्हान गरेको छ । मासु उत्पादनका लागी कुखुरा पालनगर्ने साना कृषकहरुलाई प्रोत्साहन अनुदान अन्तरगत ५ सय भन्दा कम बोइलर कुखुरा पालन गर्ने कृषकका लागी प्रति चल्ला १ सय रुपैया अनुदान रकम दिने गरि यहि साउन २० गते मन्त्रालयले सुचना निकालिसकेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिइन ।

प्रतिक्रिया