धम्बोझीको दुई सय वर्ष पुरानो कुवा मर्मत गर्दै वडाध्यक्ष रिजाल


नेपालगन्ज :
नेपालगन्ज उप महानगरपालिका वडा नम्बर १ ले दुई सय वर्ष पुरानो कुवालाई संम्रक्षण गर्न थालेको छ । वडा नम्बर १ शिव मन्दिर नजिकै रहेको एक पुरानो कुवालाई मर्मत गरि प्रयोगमा ल्याइन लागेको हो ।

कुवा रहेको क्षेत्रमा धारा नलाग्ने भएकाले कुवाको महत्व टोलमा धेरै रहेकाले पनि यसको मर्मत गरि प्रयोगमा ल्याउन वडा कार्यालयले बजेट छुट्टाएर उपभोक्ता समिति मार्फत काम गरिरहेको छ । अहिले कुवालाई सफा गर्ने काम भैरहेको मठ मन्दिर मर्मत सम्हार उपभोक्ता समितिका अध्यक्ष बाबुराम गुप्ताले जानकारी दिए । कुवालाई सफा गरेपनि खानको लागी प्रयोग गर्न नसकिने तर लुगा धुन, नुहाउन, करेसाबारीमा प्रयोग गर्न लगाएतका कामका लागी खर्च गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष गुप्ताले बताए ।

७ वर्ष देखि प्रयोग विहिन रहेको उक्त कुवाको मर्मत हुने भएपछि स्थानियहरु खुसी भएका छन । कुवाको पानि एक धार्मिक दृष्ट्रिकोणले पनि महत्वपुर्ण रहेकाले विवाह, वर्तवन्ध, पुजाआजामा यहि कुवाको पानि प्रयोग गर्दा उक्तम हुने धार्मिक विश्वास रहिआएकोले पनि वडामा रहेका कुवाको पुन प्रयोगमा ल्याउने गरी मर्मत गरिएको वडाध्यक्ष प्रमोद रिजालले बताए ।अबको १० दिनमा कुवा प्रयोगमा ल्याइने जनाइएको छ ।

प्रतिक्रिया