मंगलबार बाँकेमा ९ जना कोरोना संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ , तर उक्त संक्रमणको संख्या भेरी अस्पतालले हिजो साझ नै सार्वजनिक गरिसकेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा २ महिला सहित ९ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो ।
नेपालमा मंगलबार ३ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये २ सय ९२ पुरुष र ३३ महिला रहेका छन् ।
कोभिडका कारण मंगलबार विहान थप एक जनाको मृत्यु भएको छ ।











