एजेन्सी : भवनको १४ औँ तल्लाबाट खसेर बलिउड अभिनेता सुशान्त सिंह राजपूतकी पूर्व म्यानेजर दिशा सलियानको सोमबार राति निधन भएको छ ।
रिपोर्टका अनुसार उनी आफ्नो प्रेमीसँग बस्दै आएकी थिइन् । घ’ट’नापछि उनलाई तुरुन्तै बोरिवली अस्पताल लगिएको थियो । तर, डाक्टरले उनलाई मृ-त्त घोषणा गरेका थिए । प्रहरीले दिशाको आमाबाबुको बयान लिएको छ भने उनको प्रेमीको बयान लिन बाँकी रहेको छ ।
मुम्बई प्रहरी यतिबेला दिशाको मृ-त्युको कारण जाँच गरिरहेको छ । प्रहरीलाई कुनै सु’साइड नोट फेला परेको छैन । मिडिया रिपोर्टका अनुसार दिशाले घ’ट’नाअघि आफ्नो प्रेमी रोहन राय र केही साथीहरुसँग डिनर गरेकी थिइन् । त्यसपछि यो घ’ट’ना भएको थियो । दिशा बन्टी सजदेहको म्यानेजमेन्ट कम्पनी कर्नर स्टोनमा कार्यरत थिइन् ।
अभिनेता वरुण शर्माले दिशाको निधनको खबरले आफू नै निकै दुःखी भएको बताएक छन् । इन्सटाग्राममा दिशासँगको तस्विर पोष्ट गर्दै उनले दिशा आफ्नो मिल्ने साथी भएको बताएका छन् । उनले लेखेका छन्, ‘मलाई अझै पनि दिशा तिमीले छाडेर गएको विश्वास भइरहेको छैन । तिमी निकै चाँडै गयौ ।’











