कोरोना भाइरसविरुद्ध माइकिंग, प्लेक्स बोर्ड जडान र पर्चा पम्पलेट वितरण गर्न शुरु


नेपालगन्ज: कोरोना भाइरसविरुद्ध नेपालगन्जमा सचेतनामुलक अभियान संचालन गरिएको छ । नेपालगन्ज ५ नं. वडा कार्यालय र सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा वडामा कोभिड–१९ को संक्रमणबाट बच्नका लागि अभियान थालिएको हो ।

सामाजिक दुरी कायम गरि उक्त अभियानको आज वडाध्यक्ष कैफुलवरा अन्सारी जोलाहले शुभारम्भ गर्दै वडाबासीलाई अहिलेको महाबारीबाट बच्न तथा अपनाउनुपर्ने सावधानीका लागि चेतनामुलक अभियानले सहयोग गर्ने बताउनुभयो ।
वडामा कोरोना भाइरसका लक्षण, संक्रमणका बेला अपनाउनुपर्ने सावधानी, तथा स्वास्थ्य सरसफाई लगायतका बारेमा सचेतनामुलक माइकिंग, प्लेक्स बोर्ड जडान र पर्चा पम्पलेट वितरण गर्न शुरु गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताउनुभयो ।

शुभारम्भ कार्यक्रममा वडाका अधिकृत इन्द्रबहादुर केसी, वडा सचिव राजसिंह सिजापति, वडा सदस्य, संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्र, कार्यक्रम व्यवस्थापक रविन्द्र ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया