जनजागरण समाजद्धारा खजुरालाई ६ लाख बराबरको सहयोग हस्तान्तरण


बाँके(खजुरा):
बाँकेको खजुरामा रहेको जनजागरण समाजले खजुरा गाउँपालिकामा स्थापना गरिएका कोरोना विशेष अस्पतालको लागी शुरक्षा सामाग्रीका साथै आर्थिक सहयोग गरेको छ । सस्थाले स्वास्थ्य शुरक्षा सामाग्री र चेक गरि ५ लाख ९२ हजार रुपैया बराबरको सहयोग गरेको हो ।

खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिलाई २ लाख ३९ हजार २ सय ५० मुल्य बराबरको स्वास्थ्य शुरक्षा सामाग्री र कोरोना विशेष अस्पतालका विरामी र स्वास्थ्यकर्मीको खाना, नास्ताको लागी ३ लाख ५२ हजार, ८ सय रुपैयाको चेक जनजागरण समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले हस्तान्तरण गर्नुभएको छ । हस्तान्तरण गरिएको स्वास्थ्य शुरक्षा सामाग्रीमा पिपिई (पुनः प्रयोग गर्न मिल्ने) ५० थान, के एन ९५ मास्क २ सय पिस, सेनिटाइजर(५०० एम एल) २९ थान, ग्लोव्स (बक्स) १ थान रहेको थियो ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण खजुरा क्षेत्रमा दिन प्रतिदिन बढिरहेको अवस्थामा यसबाट जोगिन केहि भएपनि मद्धत पुग्ने हेतुले फेल्म नेपाल र सस्थागत विकास संजालको आर्थिक सहयोगमा जनजागरण समाजले उक्त सामाग्री खजुरा गाउँपालिकालाई हस्तान्तरण गरेको हो । खजुरा गाउँपालिकालाई यो भन्दा अगाडि विएमडिएमआईको सहयोगमा जन जागरण समाज मार्फत पिपिई १०० थान, गन थर्ममिटर ४ थान, एन ९५ मास्क ५० र नर्मल मास्क १५० गरि ४ लाख बराबरको सामान सहयोग गरिसकेको छ ।

जन जागरण समाजले खजुरा गाउँपालिकालाई कोरोना रोकथाम, शुरक्षाका लागी गरेको सहयोग यो दोश्रो पटक हो । जनजागरण समाजले गरेको सहयोग ग्रहण गर्दे खजुरा गाउँ पालिकाका प्रमुख कक्षपतिले माहामारीको समयमा सस्थाले गरेको सहयोग अतुलनिय रहेको बताउदै सहकार्य र समन्वय गरी अघि बढिने बताउनुभयो । प्रमुख कक्षपतिले प्राप्त सहयोगलाई प्रभावित क्षेत्रमा प्रयोगमा ल्याइने बताउनुभयो । सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उप प्रमुख एकमाया विक, प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, योजना अधिकृत दिल बहादुर पौडेल, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया