चर्चित बलिउड अभिनेत्री मलाइका अरोरा बस्ने घर सिल गरियो

एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा बस्ने घरमा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । 

उनी बस्ने मुम्बइको अपार्टमेन्ट बिल्डिङमा एक जनामा कोरोना देखिएपछि घर नै सिल गरिएको भारतिय मिडियामा जनाइएको छ । एक जनामा कोरोना देखिएपछि बुधबार मलाइका बस्ने घर मुम्बइको खारस्थित बिल्डिङ बीएमसीले सील गरेको हो । 

बीएमसीले बिल्डिङमा कोरोना संक्रमित रहेको सूचना पाएको थियो र  पुष्टि भएपछि बुधबार राती बिल्डिङ सिल गरिएको जनाइएको छ । मलाइका पछिल्लो समय अभिनेता अर्जुन कपुरसँगको प्रेमका कारण चर्चामा छिन् । उनले सलमानका भाई अरबाजसँग सम्बन्धविच्छेद गरेकी थिइन् । 

प्रतिक्रिया