बढैयाताल गाउँपालिकाको निर्णय : कोरोना संक्रमण बाट मृत्यु हुने कर्मचारीलाई २० लाख, स्थानियलाई ५ लाख राहत

बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकाले अग्रपन्तिमा रहेर गाउँपालिका क्षेत्रमा निरन्तर रुपमा खटिनुहुनेलाई कोरोना संक्रमण भई मृत्यु भएमा २० लाख उपलव्ध गराउने भएको छ । कोभिड १९ को रोकथामका लागी गाउँपालिकाले खटाइन सम्पुर्ण कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मि जन प्रतिनिधि पालिकाले खटाइएका व्यक्तीहरुलाई यस माहामारीका रुपमा फैलिएको कोरोना भाइरको सक्र्रमणको कारण असामहिक निधन हुन गएमा पालीकाले राहत स्वरुप २० लाख मुत्यु हुनेको परिवारलाइ उपलब्ध गराउने भएको हो ।

साथै वढैयाताल गाउँपालिकामा स्थाइ बसोवास गरेका व्यक्तिहरुलाइ कोरोना भाइरस सक्रमणका कारण निधन हुन गएमा गाउँपालीकाले राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेको गाउपालीकाका अध्यक्ष लाल वहादुर श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइसर वाट सक्रमण भएका व्यक्तीहरुको सम्पुर्ण उपचार खर्च समेत बढैयाताल गाउँपालिकाले गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया