कोहलपुर : तपाई हामिले गाई सुत्केरी भएपछि दुध दिएको सुनेको देखेको छौ । तर बाँकेको कोहलपुरमा एक किसानले पालेको गाई नव्याउदै दुध दिन सुरु गरेको छ । कोहलपुर ८ पिपिरी स्थित विष्णु पोखरेलले पालेको गाईले नव्याउदै दुध दिन सुरु गरेको हो । किसान विष्णु पोखरेलले गाई व्याउन एक महिना अझै बाँकी रहेको बताउदै एक्कासी गाईले दुध दिँदा अचम्मीत परेको बताएका छन ।
प्रकृति गाई पालन फार्ममा पालिएका ३० वटा गाई मध्ये अहिले सम्म एक पटक पनि नव्याएको गाईले नै यसरी दुध दिदाँ नजिकका छिमेकिहरु गाईलाई हेर्न आउन थालेका छन । नव्याएको उक्त गाईले ५ लिटर सम्म दुध दिएको प्रकृति गाईपालन फार्मका संचालक पोखरेलले बताए ।
दुइै दिन देखि दुहुन सुरु गरिसकेका किसान विष्णुले दुधको स्वाद विगौति जस्तो भएको बताए ।












