जनजागरण समाजद्धारा जानकीलाई १ लाख १३ हजारको सहयोग


खजुरा : बाँकेको खजुरामा रहेको जनजागरण समाजले आज जानकी गाउँपालिकामा स्थापना गरिएको कोरोना विषेस अस्पताल (आइसोलेसन)लाई स्वास्थ्य शुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । जनजागरण समाजले संस्थागत विकास सञ्जाल, ललितपुर र फेल्म नेपालको आर्थिक सहयोगमा कोभिड–१९ महामारी बिरुद्धको लडाईमा सहकार्य गर्दै जानकी गाँउपालिकाको कार्यालयमा कोरोना विशेष आईसोलेसनमा प्रयोजनका लागि स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको हो । जनजगारण समाजका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले जानकी गाउँपालिका प्रमुख रामनिवास यादवलाई सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सस्थाले १ लाख १३ हजार पर्ने पि.पि.ई.–२४ थान, के.एन.९५ मास्क–१०० थान, सेनीटाइजर ५०० एम.एल.–९ थान हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका पदाधिकारी तथा स्वास्थ्यकर्मी, जनजागरण समाजका पदाधिकारी तथा कर्मचारी, पत्रकार र समाजसेवीहरुको सहभागिता रहेको थियो । जानकी गाउँपालिका प्रमुख यादवले जनजारण समाजले शुरुदेखि गाँउपालिकाको काममा सहयोग गर्दै आइरहेको र कोरोना महामारीको अवस्थामा पनि महत्वपूर्ण सहयोगले कोभिड १९ महामारीलाई हराउन ठुलो सहयोग पुग्ने बताउनुभयो ।

साथै सहयोगी संस्था संस्थागत विकास संजाल र फेल्म नेपाललाई पनि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।जनजागरण समाजले हिजो खजुरा गाउँपालिकालाई ६ लाख बराबरको सहयोग गरेको थियो ।

प्रतिक्रिया