खजुरा क्यान्सर अस्पताल पहिलो प्राथमिकतामा हुनेछ : स्वास्थ राज्य मन्त्री रावत

नेपालगन्ज – स्वास्थ राज्य मन्त्री नवराज रावतले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अवलोकन गर्नुभएको छ ।

अबलोकन गर्दै मन्त्री रावतले अस्पतालको समस्या समाधान गर्न पहल गर्ने बताउनुभयो । जनशक्ति अभावलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले क्यान्सर अस्पतालको मन्त्रालयमा रोकिएको फाइल आफै खोजेर काम गर्ने बताउनुभयो । मन्त्रि रावतले अस्पतालको बिकासकालागी आफू र मन्त्रालयले पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

खजुरा गाउँ पालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले सञ्चालनमा आइसकेको तर कर्मचारी दरबन्दि पुरा नभएको केहि उपकरणहरु समेत पुरा नभएकाले यि सबै कुरा परिपुर्ति गर्दे अस्पताललाई पुर्णरुपमा सन्चालन गर्न पहल गरिदिन राज्यमन्त्री रावललाई आग्रह गर्नुभयो ।

अवलोकनमा पुग्नुभएका मन्त्रि रावतलाई उपाध्यक्ष एकमाया बिक, वडा अध्यक्षहरु, समाजसेवी , ब्यापारी, अस्पताल समिती, कर्मचारी लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया