आमाबुवालाई समर्पित गर्दै भुपु पाण्डेले ल्याए कारुनिक गीत “छोटो छ जिन्दगी” (भिडियो)

ज्ञानु संगम खड्का/नेपालगन्ज : लोकप्रिय गायक भुपु पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक “छोटो छ जिन्दगी”मा बोलको गीतमा भुपु पाण्डे र मेलिना मैनालीको सुमधुर आवाज रहेको छ।

गीतमा नारायण नेपालको शब्द रहेको छ भने संगीत अनि एरेन्जमेन्ट गायक भुपुले नै गरेका छन् । रोजगारको अभावले आफ्नो श्रीमती अनि परिवार छोडि परदेशिने नेपाली युवाहरुको कथामा आधारित उक्त गीत गायक पाण्डेले आफ्नो जन्मदिने आमाबाबुलाई समर्पित गर्दै बजारमा ल्याएका हुन् ।

गीत सुन्दा जोकोहीको मन भावुक हुने गर्छ। किनकी उक्त गीत, गीत मात्रै नभएर एउटा कारुनिक अनि वास्तविक कथाको रुपमा रहेको छ। गीतका प्रत्येक शब्दले मन छुन्छन। मेलोडियस शैलीमा आधारित यसै गीत मार्फत गायिका मेलिना मैनालीले नेपाली संगीतमा डेव्यु गरेकी छिन् । यो गीत पहिलो भएतापनि गायिकाको स्वर सुन्दा प्रोफेसनल लाग्ने गर्छ।

गीतको भाव अनुसार भिडियो पनि आकर्षक बनेको छ। गीतको भाव अनुसारनै पात्र अनि दृश्य भिडियोमा उतारिएको छ। भिडियोमा गायक पाण्डे र मोडल उषा उप्रेती फिचर्ड छन् । भिडियोमा भुपु र उषाको जीवन्त अभिनय देख्न सकिन्छ।

अछाम र भारतका केही स्थानमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट, कथा तथा निर्माता गायक पाण्डे नै हुन् । योगेश दाहालले खिचेको उक्त भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् भने पवन सिंखडाले भिएफएक्स तथा पोस्टर डिजाइन गरेका छन् ।

गायक भुपु पाण्डेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई छोटो समयमै धेरै दर्शक स्रोताको राम्रो तारिफ मिलेको छ। हेर्नुस् भिडियो…

प्रतिक्रिया