खजुरा : नेकपा खजुरा गाउँपालिका कमिटीको आयोजनामा बृहत् रक्तदान गरिएको छ । ज्ञानोदय मावी खजुरामा आयोजना गरिएको रक्तदानमा १५२ जनाले रक्तदान गरेका छन । खजुरा क्षेत्रका नेकपा कार्यकर्ता, लियो, लायन्स क्लव, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, सर्बसाधारणको सहभागिता रहेकोे थियो ।

रगत अभाव हुन नदिन तथा अहिलेको परिस्थितिमा कुनै पनि बिरामीले रगतको आवश्यकता पर्दा सहजरूपमा प्राप्त होस् भन्ने उदेश्यले रक्तदानको आयोजना गरिएको नेकपा खजुरा गाउँपालिका इन्चार्ज भीम ओलीले जानकारी दिए । खजुरामा बृहत् रक्तदानको आयोजना गरेर नेकपा खजुराले सिर्जनात्मक काम गरेको नेकपा बाँकेका सचिव अशोक कोइरालाले बताए । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जको समन्वयमा गरिएको रक्तदानमा खजुराका सबै क्षेत्रमा आवद्ध मानिसहरूको स्वतस्फूर्त सहभागिता जनाएर खजुरा क्षेत्र जस्तोसुकै अवस्थामा पनि सिर्जनात्मक काममा लाग्ने कुराको सुनिश्चितता गरेको नेकपा कमिटि खजुराका अध्यक्ष राज कुमार विकले बताए ।









