प्रदिप र क्रिष्टिनाको चलचित्र “प्रेम गीत ३” आउँदो चैत्रमा रिलिज हुने

काठमाडौं : निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र प्रेम गीत ३ आउदो चैत्रमा रिलिज हुने भएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङको मुख्य अभिनय रहेको यस चलचित्र गएको चैत्र २८ मा प्रदर्शनमा आउने तयारीमा रहेको थियो । 

तर कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण तोकिएको मितीमा प्रदर्शनमा आउन सकेन । अब भने यस चलचित्र यसै वर्षको अन्तिम महिना चैत्रमा रिलिज हुने भएको छ । निर्माता निर्देशक सन्तोष सेनले नै चलचित्र ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज गर्ने सोच रहेको बताएका हुन् । 

यस चलचित्रमा प्रदीप र क्रिस्टिनासँगै मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी  वर्देवा लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रतिक्रिया