कोरोना जितेर डुडुवाका ८ जना घर फर्किए

 
डुडुवा (बाँके):  बाँके डुडुवा गाउँपालिका अन्र्तगत रहेका ८ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन । डुडुवा गाउँपालिका वार्ड नं. ४ शाहपुर्वा  क्वारेन्टाइनमा रहेका ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो । 
कोरोना भाइरसको संक्रमण देखिएपछि १८ औ दिनमा उनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले स्वास्थ्य परामर्श दिई विदाई गर्नु भएको थियो । डुडुवा गाउँपालिकामा कुल २५ जना कोरोना संक्रमित रहेका छन । ८ जना घर फर्किएपछि अहिले १७ जना अझै आइसोलेशन वार्डमा रहेका छन । 

प्रतिक्रिया