एजेन्सी । बलिउडका कलाकार सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । ३४ वर्षीय सुशान्तसिंह राजपुत मुम्बईको बान्द्रामा बस्दै आएका थिए ।

भारतीय मिडियाहरुका अनुसार उनले लामो समयदेखि नै डिप्रेसनको औषधि सेवन गर्दै आइरहेका बताएका छन् ।
उनले सन् २०१३ मा रिलिज भएको चलचित्र काइ पो चे नामक चलचित्रबाट बलिउडमा डेब्यू गरेका थिए ।
उनले पीके, एमएस धोनी, केदारनाथ, छिचोरे लगायतका चलचित्रमा काम गरेका छन् ।










