एजेन्सी :


अफ्रिकाको एक टापुस्थित लेकचाडमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् ।

क्यामरुन, नाइजेरिया र चाडको सीमामा रहेको टापु लेकचाडमा बोके हरामका लडाकुले ५० जनाको हत्या गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

हत्याहुनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् । व्यापारीको भेषमा रहेका लडाकुले माझीहरुको हत्या गरेको स्थानीय मेयरले बताएका छन् ।
क्यानेडेली सेनाले पट्रोल गर्न छोडेपछि त्यस क्षेत्रमा बोको हरामको दबदबा थियो ।
सन २००२ मा नाइजेरियामा गठन भएको इस्लामिक लडाकूका समुह बोको हरामले छिमेकी मुलुक क्यामरुन, नाइजर र चाडमा पनि हिंसात्मक गतिविधी चर्काउदै आएको छ ।














