रचना रिमालको नयाँ गीत “कोसंग बोलुँ” सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज : नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको नयाँ गीत सार्वजनिक भएको छ ।

केही हप्ता अघि सार्वजनिक “कोसंग बोलुँ” बोलको गीतमा रचना रिमालको सुमधुर आवाज रहेको छ। गीतमा कृष्ण उदाशीको शव्द अनि गौरभ दर्पणको संगीत रहेको छ।

माया प्रेममा आधारित उक्त गीतको अडियोले सुन्ने जोकोहीको मन आकर्षित गर्ने गर्छ। गीतलाई छोटो समयमा अत्याधिक रुचाइएको छ। गीतका अंशहरुका टिकटकमा धेरै भिडियोहरु बनेका छन् ।

भिडियो पनि अडियोको भाव अनुसार आकर्षक बनेको छ। भिडियोमा एलिशा पोख्रेल र छवि श्रेष्ठ फिचर्ड छन् । भिडियोलाई छायांकन तथा निर्देशन बिबेक हिङ्माङले गरेका हुन् । “युवा मन नेपाल” अफिसियल युटुब च्यानलबाट सार्वजनिक गीतका निर्माता किशोर श्रेष्ठ हुन् । हेर्नुस भिडियो…

प्रतिक्रिया