नेपालगन्ज :

मुक्तिनाथ बिकास बैंकले आफ्नो चौधौं वार्षिक उत्सव मानाएको छ ।
आफ्नो चौधौं वार्षिक उत्सव मनाउदै बैंकले बाँकेको कोहलपुर सहित देशभरी एकैसाथ १८ वटा शाखाको समेत बिस्तार गरेको छ ।
नयाँ खुलेका शाखाहरुको बैंकको प्रधान कार्यालय कमलादी काठमाडौंबाट डिजिटल उद्घाटन गरिएको थियो ।
त्यस्तै ,बाँकेको कोहलपुर शाखाको डिजिटल उद्घाटन कार्यक्रम तथा चौधौं वार्षिक उत्सव कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी , कोहलपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवका थापा र कार्यक्रमका सभापति तथा मुक्तिनाथ बिकास बैंकका क्षेत्रीय प्रमुख बिजय केसि र कोहलपुर शाखाका प्रबन्धक सुदिन सिंहले सामुहिक रुपमा केक काटेर सुभारम्भ गरेका थिए ।
बैंकले डिजिटल उद्घाटन तथा आफ्नो चौधौं वार्षिकउत्सव मनाउने क्रममा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै कोहलपुर माध्यमिक विद्यालयलाई सहयोग समेत गरेको छ ।
बैंकले कोहलपुर माध्यमिक बिद्यालयलाई ४३ थान फोहोर संकलन गर्ने डस्टबिन उपलब्ध गराएको थियो । त्यस्तै बैंकले आजनै कोहलपुर माध्यमिक बिद्यालयमा सात कक्षामा अध्ययनरत प्रकृति चन्दलाई बर्ष भरी पुग्ने स्टेशनरी सामाग्री खरिद स्वरुप १० हजार रुपैयाँ समेत हस्तान्तरण गरेको थियो ।










