सुनको भाउ आकाशियो, यस्तो छ आजको बजार मुल्य (हेर्नुस्)

काठमाडौं । कोरोना महामारीका कारण सुनको मूल्य तीव्र ढंगले उकालो लागिरहेको छ । साताको दोस्रो दिन सोमबार सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

आइतबार ८९ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज ८९ हजार सात सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार २६५ रुपैयाँ पुगेको छ । 

चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यही ढंगले सुनको मूल्य बढिरहे केही दिनमै तोलाको एक लाख नाघ्ने देखिएको छ ।

प्रतिक्रिया