नेपालगन्ज : बाँके जिल्लाको राप्तिसोनररी गाउँपालिका अन्तरगत पर्ने सिक्टा सिचाइ बाधको पुलबाट बालुवा बोक्ने ट्याक्टर खसेर बेपत्ता भएका एक जनाको शब फेला परेको छ । शमशेरगन्जमा रहेको ससस्त्र प्रहरीको गोताखोर टिमले राप्ती सोनारी गाउँपालिका ३ का २६ वर्षिय चुर्ण बहादुर थारुको शव फेला पारेका हुन ।
अर्का चालक सुनिल चौधरीको खोजि कार्य जारी रहेको गोताखर टिमका कमान्डर रमेश थापाले जानकारी दिए । राप्ती सोनारी २ अगैया पुल देखि १०० मिटर तल राप्ती नदिमा ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियंत्रित भइ खस्दा चालक सहित २ जना वेपत्ता भएका थिए । आज दिउसो दुई बजे तिर उक्त ट्याक्टर सिक्टा सिचाइ बाधको पुलबाट खसेको हो









