भत्कीएको बाटो बनाउन वडाध्यक्ष सुनार दिनभर बाटोमा

खजुरा: खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनारले वर्षदिन नवित्दै पिच विग्रीएको भन्दै बाटो निमार्ण गर्ने ठेकेदार र इन्जिनियरलाई तत्काल मर्मत गर्न निर्देशन दिएका छन ।

वडाध्यक्ष सुनारले विग्रिएको पिच बाटो नबनाउदा सम्म ठेकेदारलाई नछाड्ने बताए । यसै आर्थिक वर्षमा निर्माण गरिएको खजुरा १ नम्बर देखि डि गाउँ सम्मको अधिकाश क्षेत्रमा भत्किएपछि वडाध्यक्ष सुनारले सडकमा धर्ना नै दिएर मर्मत गराउन थालेका छन ।

वडाध्यक्ष सुनारले बाटो कमजोर बनाइदिदा जनताको गालि खान परिरहेको बताए । हेर्दा फराकिलो पिच सडक भएपनि निर्माण गर्ने ठेकादारले मापदण्ड अनुरुप कच्चा पदार्थ नराख्दा वर्षदिन नवित्दै भत्किएका हुन । निर्माण गरिएको झण्डै एक किलोमिटर पिच बाटोलाई पुन भत्काएर बनाउन पर्ने देखिएको वडा सदस्य योगमाया खनालले बताइन ।

बनाइएको पिचको तल माटो हाल्दा पहेलो रिहारको माटो परेका कारण बाटो दवेर ठाउँ ठाउँमा विग्रीएको गाउँपालिकाका इन्जिनियर सोनु शाहले बताइन । इन्जिनियर शाहले विग्रिएको बाटोलाई पुन मर्मत गर्न ठेकेदारलाई लगाइसकेको र छिटै मर्मतको काम पनि सकिने बताएकी छन ।

खजुराको सबैभन्दा राम्रो बाटो बनाएको भनेर सुरुमा प्रशन्सा बटुलेको बाटो नै जिर्ण भएपछि वडाध्यक्ष लाई नै सबैले कस्तो बटो बनाको भनेर सुनाउन थालेपछि वडाध्यक्ष सुनार आफै दिनभर उक्त बाटो बनाउन ठेकेदार र कर्मचारीहरु सगै लागेका छन ।

प्रतिक्रिया