नेपालगन्ज : नेकपा बाँकेका युवा नेता रत्न खत्रिले जिल्लामा रहेका क्वारेन्टिनमा आवश्यक पर्ने माक्स तथा सेनिटाइजर वितरण कार्यलाई निरन्तरता दिएका छन । लकडाउन पछि स्थापना गरिएको क्वारेन्टिनमा पुगेर आवश्यक पर्ने सामाग्री उपलव्ध गराउदै आएका नेता खत्रिले आज बैजानाथ गाउँपालिका ५ र ६ वडामा रहेको प्रभात मावि जिगाउँ, इश्वरी मावि एच गाउँ, नेरामावि लालपुर र नेराप्रावि गुरागाउँ क्वारेन्टिनमा सहयोग गरेका हुन ।

वितरण गर्दा पुर्व राज्य मन्त्रि दल बहादुर सुनार, स्थानिय नेता गुमान बहादुर दमाई, देव रावत, ५ नम्बर वडाका वडाध्यक्ष मन बहादुर खत्रि, ६ नम्बर वडाका वडाध्यक्ष भद्र बहादुर बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।









