खजुरा मनकामनामा गलि सकेको अवस्थामा सब फेला

खजुरा :

खजुरा मनकामनामा गलि सकेको अवस्थामा सब फेला

खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनापुर स्थित पेडारि नाला नजिक एक गलेकाे अवस्थामा लास फेला परेको छ ।

बासगढि नगरपालिका ८ बस्ने ४४ वर्षिय टेक बहादुर थापाको सब नालाको डिल नजिक खरले छोपिएको अवस्थामा भेटिएको हो ।

शनिबार दिउँसो करिब तीन बजे तिर बाख्रा चराउन गएका स्थानियले उक्त सबलाई देखेपछी प्रहरीलाई सुचना दिएको इलाका प्रहरी कार्यालय खजुरा धनौलिका इन्चार्ज प्रहरी निरीक्षक पोषण राज थपलियाले बताएका छन् ।

मङ्सिर १ गते घरमा झगडा गरेर निस्केका थापाको सब आज गलि सकेको अवस्थामा फेला परेको हो । प्रहरीको अनुसार आत्महत्या हुन सक्ने अनुमान गरेको छ ।

परिवारलाई बोलाएर लासलाई पोस्टमार्टम गर्न भेरी अञ्चल अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया