सिक्टा ट्याक्टर दुर्घटना अपडेट : चालकको २२ घण्टापछि शव भेटियो


नेपालगन्ज : बाँके जिल्लाको राप्तिसोनररी गाउँपालिका अन्तरगत पर्ने सिक्टा सिचाइ बाधको पुलबाट ट्याक्टर खसेर हिजो बेपत्ता भएका ट्याक्टरका ड्राइभरको शब २२ घण्टा पछि भेटिएको छ ।

चालक २० वर्षका सुनिल चौधरीलाई बाधको तलबाट आज १२ बजेतिर ससस्त्र प्रहरी बल समसेरगन्जको गोताखोर टोलिले फेला पारेको गोताखोर टिमका कमान्डर रमेश थापाले जानकारी दिए । हिजो एक जनाको शब फेला पारेको गोताखोर टोलिले खोज्दा खोज्दै रात परेपछि आज विहान देखी खोजी कार्य तिव्र पारेको थियो ।

गोताखोर टोलिले राप्ती सोनारी गाउँपालिका ३ का २६ वर्षिय चुर्ण बहादुर थारुको शव हिजो नै फेला पारेका हुन । पुल देखि १०० मिटर तल राप्ती नदिमा ना ७ त ५१८ नम्बरको ट्याक्टर अनियंत्रित भइ खस्दा चालक सहित २ जना वेपत्ता भएका थिए । हिजो दिउँसो दुई बजे तिर उक्त ट्याक्टर सिक्टा सिचाइ बाधको पुलबाट खसेको हो ।

प्रतिक्रिया