सुशान्तको निधनको पिडा सहन नसकी भाउजुले पनि त्यागीन् ज्यान

एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आइतबार निधन भयो । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फालेका थिए । उनको अन्तिम संस्कार पनि सोमबार मुम्बईको विले पार्ले श्मशान घाटमा गरिसकिएको छ । 

उनको निधनले अहिले बलिउड शोकमा डुबेको छ । यस्तै सुशान्तले एक्कासी पासो लगाएर आवफ्नो ज्यान फालेपछि यसको पीडाले उनकी भाउजुको पनि निधन भएको छ । देवर सुशान्तको निधनको खबरले पीडामा रहेकी भाउजु सुधा देवीको पनि निधन भएको भारतीय मिडियाले जनाएका छन् । 

सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो । दुखद खबर उनको गाउँसम्म पुगेपछि भाउजुको एक्कासी निधन भएको जनाइएको छ ।  सुशान्तको  निधनको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनको निधन भयो । 

प्रतिक्रिया