काठमाडौं : अन्य कलाकारहरु झैँ नायिका स्वेता खड्का पनि यतिबेला फूर्सदिली छिन् । कोरोना भाइरस संक्रमण फैलिन नदिन सकराले लकडाउन लागू गरेसँगै उनी घरमै सीमित बनेकी हुन् ।
सामाजिक कार्यमा सक्रिय रहँदै आएकी उनी पछिल्लो समय आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उद्देश्य अनुरुप सामाजिक सञ्जालमा कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने स्टाटस पोस्ट गर्दै आएकी छिन् ।
उनले जीवन एक पटक मात्र आउने हुँदा खुशीसाथ बस्न सबैलाई आग्रह गरेकी छिन् । उनले धेरै मानिसहरुले जीवनको आनन्दलाई बुझ्न नसकेको तर्क गर्दै आफूले केही गर्न नसक्ने र अरुका गल्ती मात्र खोतल्दै हिड्नु अस्वभाविक हुने बताएकी छिन् ।
निराशालाई शक्तिमा बदलेर अगाडि बढ्ने हिम्मत जुटाउँदा सानो-सानो कुरामा पनि खुशी प्राप्त हुने उनको विश्वास छ । पतिको निधनपछि केही समय विचलित भएकी स्वेता अहिले शोकलाई शक्तिमा बदल्न सफल भएकी छिन् ।









