एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आइतबार निधन भयो । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फालेका थिए । उनको निधनले अहिले बलिउड शोकमा डुबेको छ ।
अभिनेता सुशान्त फिल्मका कामहरु अधुरै छोडेर संसारबाट विदा लिए । उनको अन्तिम फिल्म नै ‘दिल बेचारा’ बन्यो। फिल्म ‘दिल बेचारा मा अभिनय गरेका उनले रिलिज हुन नपाउदै संसार छाडे ।
उनको यस फिल्म कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण रोकिएको थियो । उनको अभिनय रहेको यो अन्तिम फिल्म हलमा नभई डिजिटल प्लेटफर्ममै आउने भारतिय मिडियामा बताइएको छ ।
मुकेश छाबडाको निर्देशनमा बनेको यस फिल्ममा सुशान्त र संजना सांघी र सैफ अलि खानको भूमिका रहेको छ । यस फिल्मको रिलिज मिती ८ मे का लागि तोकिएको थियो तर कोरोनाभाइरसका कारण रिलिज हुन सकेको थिएन ।









