एजेन्सी : जर्मन क्लब बायर्न म्युनिखले बुन्डेसलिगा उपाधि हात पारेको छ । मंगलबार राति भएको खेलमा वेर्डर ब्रेमेनमाथि सानदार जित निकाल्दै बायर्न म्युनिख लगातर आठौं पटक बुन्डेसलिगामा च्याम्पियन भएको हो । गए राति भएको उक्त खेलमा बायर्नले वेर्डरलाई १(० गोलले पराति गरेको हो ।
बायर्नलाई च्याम्पियन बनाउन रोबर्टो लेवन्डोस्कीले एक मात्र निर्णायक गोल गरे । उनले पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहदा गोल गरेका थिए । उक्त खेलको दोस्रो हाफमा बायर्न १० खेलाडिमा समेटिएको थियो ।
जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई १० अंकले पछि पारेको छ । बायर्नले सन् २०१२/१३ को सिजनदेखि लगातार उपाधि जित्दै आइरहेको छ । बायर्नले यससँगै २९ पटक बुन्डेसलिगाको उपाधि हात पारेको छ ।











