सुशान्त निधन प्रकरण : सलमानसहित ८ चर्चित कलाकारलाई लाग्यो यस्तो आरोप

एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आइतबार निधन भयो । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । सुशान्तले पासो लगाएर ज्यान फालेपनि परिवारले भने  मृत्यु रहस्यमय भन्दै अनुसन्धानको माग गरिरहेका छन् । 

अहिले सुशान्तले आफै ज्यान लिएका हुन् या अरुले नै ज्यान लियो भन्ने विषयमा चर्चा चलिरहेको छ । यस्तै अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्सालीसहित ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

भारतिय मिडियाका अनुसार विहारका एक वकिलले अभिनेता सुशान्तको मृत्युको विषयलाई लिएर बलिउडका ८ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । अधिवक्ता सुधीरकुमार ओझाले अभिनेता सलमानसहित ८ जनाविरुद्ध विहार अदालतमा मुद्दा दायर गरेका हुन् । 

मुद्दामा बलिउडका ८ जनाले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यीनीहरुकै कारण फिल्मी कार्यक्रमहरूमा बोलाउन छाडिएको उल्लेख गरिएको छ । मुद्दामा राजपूतलाई साइन गरेका सात चलचित्रहरूबाट हटाइएको पनि उल्लेख गरिएको छ । घटनाको साक्षीमा भने अभिनेत्री कङ्गना रनावतलाई राखिएको बताइएको छ । यस मुद्दाको सुनुवाइ मिति जुलाई ३ लाई तोकिएको भारतिय मिडियामा बताइएको छ । 

प्रतिक्रिया