रुसमा कोरोना संक्रमितको संख्या घट्दाे

कोरोना प्रभावितको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा रहेको रुसमा कोरोना भाइरसबाट संक्रमितको संख्या केही घट्दो देखिन्छ ।

केही दिनदेखियता रुसमा कोरोना भाइरसका संक्रमितको संख्या दैनिक ८ हजार बढिले बढिरहेको बेलामा आज संक्रमितको संख्या केही घटेको छ ।

आज रुसमा ७ हजार ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन् ।आजको संक्रमितको संख्या केही हप्तायता कै कम रहेको छ । हालसम्म रुसमा संक्रमितको संख्या ५ लाख ५३ हजार ५ सय १ पुगेको छ ।दैनिक १ सय बढीमा मृत्यु भइरहेको रुसमा संक्रमितको तुलनामा मृत्युदर कम नै रहेको छ ।

तथ्यांकअनुसार आज मात्र १ सय ९४ जनाको मृत्यु भएसँगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७८ पुगेको हो ।रुसमा निको हुनेको संख्या, सक्रिय संक्रमितको संख्याको तुलनामा धेरै छ ।

रुसमा हालसम्म ३ लाख ४ हजार ३ सय ४२ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २ लाख ४१ हजार ४ सय ८१ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् ।

प्रतिक्रिया