अमेरिकामा २४ घण्टामा थपिए २५ हजार कोरोना भाइरसका नयाँ संक्रमित

काठमाडौं : साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा संक्रमित हुनेको संख्या २२ लाख ३३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार ७८ जना संक्रमित थपिएका छन् । विहिबार बिहानसम्म १ लाख १९ हजार ९३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८०७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख १२ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख १ हजार ४३ जनामध्ये १६ हजार ६५६ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया