आजदेखि कुमारी बैंकका सम्पूर्ण शाखाहरु खुल्ने

बिहीबारदेखी कुमारी बैंकका देशभरका सम्पूर्ण शाखाहरु खुल्ने भएका छन् । कोरोना रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै कुमारी बैंकले आजदेखि आफ्ना देशभरका सम्पूर्ण शाखाहरु खोल्ने भएको हो । 

यसअघि लकडाउनलाई ध्यानमा राख्दै बैंकले हरेक बार फरक फरक शाखाहरु खुला गर्दै आइरहेको थियो । तर आजदेखि भने देशभरका सबै शाखाहरु खोल्ने भएको बेंकले जनाएको छ । बैंकका सम्पूर्ण शाखाहरु बिहान १० बजे देखी दिउँसो ३ बजे सम्म खुल्ने सुचनामा बताइएको छ । 

प्रतिक्रिया