नेपालगन्ज: सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लक डाउन पुनः सुचारु गर्ने तयारी गरेको छ । दैनिक रुपमा कोरोना संक्रमणको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको बताइएको छ ।
आज मात्रै नेपालमा ६७१ जनामा कोरोना संक्रमण फैलिएको छ । यो हाल सम्मकै सर्वाधिक संक्रमितको संख्या हो भने नेपालमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या पनि २२ पुगिसकेको छ ।
यता बाँकेमा भने सरकारले लकडाउनमा खुकुलो गरे संगै बजारमा मानिसको चाप ह्वात्तै बढेको छ । बजारका हरेक पसलमा सामान्य अवस्था जतिकै भिड देख्न सकिन्छ भने सावधानी समेत अपनाइएको छैन । क्याफे , चियापसल , रेस्टुरेन्ट, नास्ता पसलहरु समेत पुर्ण रुपमा खुलेका छन् । निजि गाडिहरु चलेका छन् भने अटो रिक्सा तथा तीन पाङ्ग्रे इन्धनबाट चल्ने अटो रिक्सा समेत चलेको देख्न सकिन्छ ।
उता जिल्ला प्रशासन कार्यालयले जनतालाई सावधानि अपनाउन र लकडाउन खुकुलो हुनुको भएपनी कोरोनाको जोखिम उत्तिकै रहेकोले हरेकले सावधानी अपनाउन अपिल गरेपनि नेपालगन्जबासिले त्यसको पालना गरेका छैनन् ।












