नेपालगन्ज :

आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको सरगर्मी बढेको छ । व्यवसायीहरु गुट, उपगुट वनाएर निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् ।
गत बुधवार समावेशी प्यानलले आफ्नो उमेदवार घोषणा गरेको थियो भने शुक्रबार साझा प्रजातान्त्रिक प्यानलले आफ्नो उमेदवार घोषणा गरि सकेको छ ।
उमेदवार घोषणा संगै दुबै प्यानलका उमेदवारहरु चुनावी रणनीति बनाउदै घरदैलो तथा सम्भाब्य स्थानमा भ्रमणको क्रमलाई तिब्र पारेका छन् ।
यहि क्रममा लायन्स कल्व एरिया नम्बर ६ को आयोजनामा शनिबार बर्दियाको बढैयातालमा गरिएको फेलोसिप कार्यक्रममा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानलका उमेदवारहरु चुनावी प्रचारमा पुगेका थिए ।
बाकेका अधिकाशं उद्योग ब्यवसायिहरुको बाक्लो उपस्थिति रहेको लायन्सको कार्यक्रममा चुनावी सरगममा होमिएका प्रत्यासीहरु पुग्नु आफैमा नेपालगन्ज उद्योग बाणिज्य संघको चुनावी गरमागरमिलाई दर्शाउने एक सहभागीले बताए ।
साझा प्रजातान्त्रिक उद्योगि व्यवसायीले ललित रौनियारको नेतृत्वमा १५ सदस्यीय उम्मेदवारी घोषणा गरेका छन् जसमा टपेन्द्र शाह उपाध्यक्ष र वाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवारी घोषणा गरीएको थियो ।
त्यस्तै समावेशी प्यानलबाट अव्दुल वाहिद मन्सुरी चुन्नाको नेतृत्वमा उपाध्यक्षमा (बाणिज्य) ज्ञानेन्द्र श्रेष्ठ र उपाध्यक्ष (उद्योग ) आदेश अग्रवालले उमेदवारी घोषणा गरेर चुनावी माहोलमा होमिएका छन् ।









