१३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा सोमबार भएको सय मिटरको ‘फ्रिस्टाइल’ पौडीमा गौरिका सिंहले स्वर्ण पदक जितिन्। योसँगै उनले सागको एकै संस्करणमा चार स्वर्ण जितेर इतिहास रचेकी छिन् ।
१६ वर्षीय सिंहले यसअघि ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितिसकेकी थिइन । यस्तै आइतबार भएको खेलमा उनले ५० मिटर ब्याकस्ट्रोकमा रजत र टिम इभेन्ट्समा कांस्य जितेकी थिइन । यससँगै उनले एकै संस्करणको साग प्रतियोगितामा ८ पदक जितेकी छिन् ।









