file photo
नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका अन्तरगतको आइसोलेसन सेन्टरमा रहेका ४० जना कोरोना संक्रमितलाई आज आइसोलेसन सेन्टरबाट डिस्चार्ज गर्न लागिएको छ ।
जानकी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दल बहादुर रानाका अनुसार जानकी गाउँपालिकाको जोगागाउँ मावि आइसोलेसनका संक्रमितलाई डिस्चार्ज गर्न लागिएको हो । संक्रमण पुष्टि भएको १६ दिनपछि उनीहरु डिस्चार्ज हुन लागेका हुन् ।
उनीहरु सबै रि टेस्ट नगरि घर जान लागेका छन । रानाका अनुसार कसैमा पनि कुनै किसिमको लक्षण नदेखिए पछि उनिहरुलाई रिटेस्ट नगरी घर पठाउन लागिएको बताएका छन् ।
जानकी गाउँपालिकामा ४१ जनामा कोरोना संक्रमण देखिएको थियो भने एक जना संक्रमीत भागेका थिए । नेपालगन्ज उपमहानगरपालिका १२ का संक्रमित युवा उक्त आइसोलेसन सेन्टरबाट दुई दिनमै भागेका थिए ।









