आरुषी र आकाश नयाँ गीत “मोयाले” मार्फत एकैसाथ देखिए (भिडियो सहित)

ज्ञानु संगम खड्का/नेपालगन्ज : नेपाली चलचित्रका नायक आकाश श्रेष्ठ र चर्चित मोडल आरुषी मगर फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक “मोयाले” बोलको म्युजिक भिडियोमा आरुषी र आकाशको आकर्षक नृत्य रहेको छ। कोरोना महामारी अनि त्यसपछि भएको लकडाउनको लामो समयपछि आरुषी र आकाश यसै भिडियो मार्फत एकसाथ देखिएका हुन् ।

गीतको अडियोले सुन्ने जोकोहीको मन आकर्षित गर्ने गर्छ। माया प्रेममा आधारित उक्त गीतमा बिक्रम राणा र सहिमा श्रेष्ठको आवाज रहेको छ भने दिपक शर्माको शब्द यथा संगीत रहेको छ।

गीतको अडियो अनुसारको भिडियो निर्माण गरिएको छ। भिडियोलाई शिव बिकले निर्देशन तथा कोरोयोग्राफी गरेका हुन। भिडियोमा अर्जुन तिवारीको छायांकन रहेको छ भने पदम सुवेदीको सम्पादन रहेको छ।

गीतको भिडियो ओएसआर डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो…

प्रतिक्रिया