चर्चित बाल गायक अशोक दर्जीको एकल गीत “प्रणाम” सार्वजनिक (भिडियो)

अशोक दर्जीको एकल स्वरमा ‘प्रणाम’ बोलको गीत सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द संगीतमा बनेको उक्त गितमा अशोक दर्जी र एआर बुढाथोकीलाई देख्न सकिन्छ ।

अशोकलाई साथ, सपोर्ट र हौसला दिनेहरुलाई समर्पित गीत शुक्रबार गायक तथा संगीतकार टंक बुढाथोकीले सार्वजनिक गरेका छन् । टंकको संरक्षणमा बसिरहेका अशोकको यो पहिलो एकल गित हो । यस अघि उनले टंक बुढाथोकी र एआर बुढाथोकीसंग मिलेर गित रिलिज गरेका थिए । सिनेमाटोग्राफी नवराज उप्रेतीले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ । शृंगार सरिता प्रजापतिको रहेको भिडियो कन्सेप्ट र निर्देशन टंककै रहेको छ । हेर्नुस् भिडियो.

प्रतिक्रिया