बाँके :अपाङ्ग सशक्तिकरण एवं संचार केन्द्र (डेक ) नेपाल बाँकेले कोहलपुर नगरपालीका र बैजनाथ गाउँपालिकालाई सरसफाइ सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।
सिबिएम नेपालको आर्थिक सहयोगमा डेक नेपालद्धारा संचालीत समावेशि समुदाय परियोजना अन्तरगत शुक्रवार दुइ वटै स्थानीय तहलाइ सहयोग स्वरुप स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग सामाग्री लिदै कोहलपुर नगरपालीकाका मेयर लुट बहादुर रावतले क्वारेन्टाइनमा रहेका व्यक्तीहरुलाइ उक्त सामाग्री प्रदान गरिने बताए । उनले भने “हामी स्वास्थ्य शाखालाइ सरसफाइ सुरक्षा सामाग्री जिम्मा दिएर क्वारेन्टाइनमा पु¥याउछौ” । विपतको समयमा आउने साना साना सहयोगले पनि ठुलो महत्व राख्ने प्रमुख रावतले बताए ।
यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले कोरोना भाइरससंग जुध्नका लागी प्रदान गरेको सामाग्रीहरु आवश्यकताका आधारमा प्रयोग गरिने बताए । विपदको समयमा हुने सहकार्य , समन्व र सहयोगले काम गर्न हौसला मिल्ने धारणा राखे ।

डेक नेपालका कार्यकारी निर्देशक देविदत्त आचार्यले कोहलपुर र बैजनाथमा रहेका क्वारेन्टाइनहरुमा वस्ने व्यक्तीहरुलाइ सुरक्षीत राख्न सहयोग गर्ने उद्देश्यले सरसफाइ सुरक्षा सामाग्री प्रदान गरिएको जानकारी दिए । उनले कोभीड १९ संग डराएर होइन डटेर सामना गर्नुपर्ने समय भएको भन्दै सुरक्षाका लागी सामाग्री सहयोग गरेको बताएल ।
दुइ वटै स्थानीय तहमा रहेका क्वारेन्टाइनमा सहयोग प्रदान गर्नका लागी स्थानीय तहलाइ सामाग्री हस्तान्तरण गरिएको हो । कोहलपुर नगरपालीकालाइ सरजिकल माक्स १४ सय थान , सेनिटाइजर (५०० मि.लि) २८ वटा र साबुन २ सय १० वटा सरसफाइ सुरक्षा सामाग्री हस्तान्तरण गरियो छ ।
यस्तै बैजनाथ गाउँपालिकालाई सरजिकल माक्स १७ सय थान, सेनिटाइजर (५०० मि.लि) ३४ वटा र साबुन २ सय ५५ वटा सरसफाइ सुरक्षा सामाग्री सहयोग हस्तान्तरण गरिएको समावेशि समुदाय परियोजना प्रबन्धक रामलाल चौधरीले जानकारी दिए ।









