एजेन्सी : शुक्रबार राति प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई बराबरीमा रोकेको छ । निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा दुबै टिम एक एक गोलको बराबरीमा रोकिए ।
उक्त खेलको पहिलो हाफको २७ औँ मिनेटमा टोटनहमका स्टिभिन बर्जविनले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८१ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नानडेजले गोल गर्दै टिमलाई बराबरीमा पुर्याए ।
उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन । बराबरीसँगै ४२ अंकका साथ टोटनहम आठौँ स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा रहेको छ ।











