भारतमा एकै दिन थपिए १४ हजार काेराेना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन ।

वोल्डो मिटरको तथ्याङक अनुसार भारतमा पछिल्लाे २४ घण्टाकाे अन्तरमा १४ हजार ७ सय ७१ जना काेराेना संक्रमित थपिएका हुन ।यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९५ हजार ८ सय १२ पुगेको छ ।

कोरोनाका कारणा भारतमा ज्यान गुमाउनको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३ सय ६६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ ७० पुगेको छ ।

संक्रमित मध्ये २ लाख १४ हजार २ सय जना कोरोना जितेर फर्किएका छन । १ लाख ६८ हजार ६ सय ३६ उपचाररत छन । भारत कोरोना प्रभावित देशको चौथो नम्बरमा छ ।

प्रतिक्रिया