नेपालगन्ज : अपाङ्गता भएका व्यक्तीहरुको सहजताका लागी सहायक तथा खाद्य सामाग्री प्रदान गरिएको छ । कोभिड १९ बाट गरिबिमा परेका अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग स्वरुप सहायक तथा खाद्य सामाग्री हस्तान्तरण गरिएको हो । शनिबार नेपालगंज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा छुटा छुटै कार्यक्रमको व्यवस्थापन गरि सामाग्री वितरण गरिएको हो ।
नेपालगंज उपमहानगरपालिकाको आर्थिक सहयोग र अपाङ्ग सशक्तिकरण एवं संचार केन्द्र (डेक ) नेपाल बाँकेको सहजीकरणमा नगर स्तरिय अपाङ्गता सञ्जालले सहायक सामाग्री प्रदान गरेको छ । ३ जनालाइ ह्वील चीयर, ३ जनालाई ट्र«ाइ साइकल, २ जनालाइ बैसाखी, २ जनालाई वाकर, १ जनालाई श्रवण एन्त्र र वौद्धीक र अटीज्म बालबालिकालाई ट्रम्मलिङ्ग जम्पीङ्ग खेल सामागी वितरण गरिएको हो ।
वितरण कार्यक्रममा बोल्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा. धवल सम्सेर राणाले आगामी दिनमा अपाङ्गताको क्षेत्रमा थप कार्यक्रम तथा बजेट ल्याउने बताए । उनले सहकार्य गरेर गरेका कामले राम्रो प्रतिफल दिने भन्दै आगामी दिनमा पनि डेक नेपालसगं सहकार्य गरिने बताए । उप मेयर उमा थापा मगरले नगर स्तरीय अपाङ्गता सञ्जाल मार्फत नगरका उपाङ्गता भएका व्यक्तीहरु सहजताका लागी सामाग्री वितरण गरिएको बताइन ।
कार्यक्रममा बोल्दै नेकपाका जिल्ला सचिव तथा डेक नेपालका सल्लाहकार अशोक कोइरालाले अपाङ्गता भएका व्यक्तीहरुलाई निरन्तर रुपमा सहयोग दिन आवश्यक रहेको बताए । उनले जुनसुकै बेला अपाङ्गता आफैलाइ आइ पर्न सक्ने कुरा थाहा नहुने भएकाले यसको क्षेत्रमा संवेदनशिल भएर अझै कार्यक्रमहरु ल्याउन सुझाव दिए ।
डेक नेपाल बाँकेका कार्यकारी निर्देशक देविदक्त आचार्यले अपाङ्गता कार्यविधि र निर्देशिका बनाउने देशकै पहिलो स्थानीय तह नेपालगंज उप महानगरपालिका पर्नु गर्वको कुरा भएको बताए । विपदको समयमा जोखीमलाई न्युनीकरण गर्नका लागी सहजीकरण गरि सामाग्री वितरण गरिएको जानकारी दिए ।

सोही कार्यक्रममा डेक नेपालले १ सय जनालाइ पुग्ने गरि खाद्य सामाग्री पनि उपमहानगरपालिकालाइ हस्तान्तरण गरेको छ । १५ केजी चामल, १ केजी दाल, १ केजी नुन र १ पोका तेलका दरले १ सय जनालाइ वितरण गर्ने उद्देश्यले खाद्य सामाग्री हस्तान्तरण गरिएको छ ।
यसै गरि सिबिएम नेपालको आर्थिक सहयोगमा डेक नेपालद्धारा संचालीत समावेशि समुदाय परियोजना अन्तरगत कोहलपुरका वडा नं. १ र ११ मा पनि ५÷५ जना गरि १० जनालाइ खाद्य सामाग्री वितरण गरिएको छ । एक जनालाई १५ केजी चामल, १ लिटर तेल, १ पोका नुन र १ केजी दालका दरले वितरण गरिएको हो ।

सामाग्री वितरण कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत ११ नं. वडा अध्यक्ष कर्ण वहादुर थापा र वडा नं. १ मा महिला वडा सदस्य दिलमाया सुनार, सदस्य तील बहादुर साही र कार्यलय सचिव मीन बहादुर विक लगाएतको सहभागीता रहेको समावेशि समुदाय परियोजनाका प्रबन्धक रामलाल चौधरीले बताए ।










