चलचित्र “छक्का पन्जा ३” र “छ माया छपक्कै” अब एपमा रिलिज हुँदै

हास्यकलाकार तथा अभिनेता दीपक राज गिरीको चलचित्र छक्का पन्जा ३ र छ माया छपक्कै अब एपमार्फत हेर्न पाइने भएको छ । अभिनेता दीपक राज गिरीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दर्शकले हेर्न नपाएको गुनासोलाइ ध्यानमा राख्दै एपबाट हेर्न मिल्ने गरि रिलिज गरिने बताएका हुन् । 

उनले फेसबुकमा लेखेका छन् – ‘परदेशमा रहनु भएका दर्शकले “छक्का पन्जा ३ “ र “ छ माया छपक्कै हेर्न नपाएको गुनासोलाइ ध्यानमा राखेर अब यी चलचित्रहरू एउटा एपमा रिलिज गर्दैछौ… उक्त एपको जानकारी केहि दिनमै!!!’

दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माण रहेको चलचित्र छ माया छपक्कै मा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरेलगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ । 

प्रतिक्रिया