कुखुरा विकास फार्मद्धारा लकडाउनमा १ लाख चल्ला उत्पादन

खजुरा : बाँकेको कुखुरा विकास फार्म खजुराले लकडाउन अवधिमा १ लाख बढि चल्ला उत्पादन गर्न सफल भएको छ । फार्मका कर्मचारीहरुलाई फार्म भित्र बस्ने व्यवस्थापन मिलाएर लकडाउनको अवधिमा पनि कुनै काम नरोकी चल्ला उत्पादन गरिएको कुखुरा विकास फार्म खजुराका फार्म प्रवन्धक डा. शकर न्यौपानेले जानकारी दिए ।

लकडाउन अवधिमा फार्मले नेपालसरकारका लागी ४० लाख बढि राजस्व आम्दानी गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विस्तारै फैलदै गएपछि फार्मले चल्ला उत्पादन गरी हर्काउदै विक्रि वितरण गरेको थियो । चल्ला खरिद गर्न आउने किसानहरुलाई सामाजिक भौतिक दुरी कायम गरि विक्रि वितरण गरिएको फार्ममा प्रवन्धक डा. न्यौपानेले बताए ।

लकडाउनको समयमा पनि रात दिन नभनी फार्ममा काम गर्ने कर्मचारीहरुलाई धन्यबाद दिदै फार्ममा चल्ला लिन चाहने किसानहरुले हरेक हप्ताको सोमबार विहान फार्ममा आउन सकिने बताए । थोरै चल्ला चाहिए सिदै कार्यालयमा आउन सकिने तर अलि धेरै सङख्यामा चल्ला चाहिएको खण्डमा पुर्व अडर अथवा जानकारी गराएर आउदा किसानलाई सहज हुने डा. न्यौपानेले बताएका छन ।

प्रतिक्रिया